काठमाडौं, असोज ९ – व्यापार सम्झौताको अंश अनुरुप चीनले अमेरिकी तेलको खरिदलाई बढाएको छ । तर, किन्ने समय भने अन्त्य हुन लागेको छ ।
यो महिना मात्रै चीनले प्रतिदिन ८,६७,००० ब्यारेल तेल आयात गर्न सक्ने रोयटर्सको रिफाइनिटिभ तथ्यांकले देखाएको छ । यसैगरी आयलफिल्ड सर्भिस कम्पनी क्यानरीका अनुसार प्रति दिन ९,००,००० ब्यारेल आयात गर्न सक्ने उल्लेख गरेको छ । त्यसपछि चीनमा अमेरिकी तेलको आपूर्तिको प्रवाह ओरालो लाग्ने छ अथवा व्यापक ओरालो लाग्न सक्ने छ ।
जुलाईदेखि चीनतर्फ अमेरिकी कच्चा तेल निर्यात भइरहेको छ र यसको परिमाण कीर्तिमानी अवस्थामा पुग्न लागेको छ ।
तर ठूलो चिन्ताको विषय के छ भने यो वसन्तदेखि तेलको मूल्यमा भारी वृद्धि भइरहेको छ । अमेरिका लगायतका देशबाट चीनमा भएको आयातका कारण मूल्य महँगिएको हो ।
बढ्दो आयातलाई मागमा सुधार आएको रुपमा हेर्न सकिन्छ ।
FACEBOOK COMMENTS