काठमाडौं- नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघसँग बीचको टकराबले चेम्बरले महासघको सदस्यता त्याग्ने निर्णय गरेको छ।
५२ वर्षदेखि संगै रहेका दुई ठुला व्यवसायीक संगठन यो निर्णय पछि छुटिने भएका हुन् ।
चेम्बरको बोर्ड बैठकले महासंघको सदस्यता त्याग्ने निर्णय गरेको हो। चेम्बरले सदस्यता त्याग्ने निर्णयसहितको पत्र महासंघलार्इ सोमबार पठाएको छ।
चेम्बरले महासंघको जिल्ला सदस्यजस्तो नभएको जिकिर गरेको छ । । चेम्बरले आफ्नै संरचना अनुसार देशव्यापी रुपमा संगठन विस्तार गरिरहेको छ ।
चेम्बर २००७ सालमा स्थापना भएको हो भने त्यसको १६ वर्षपछि महासंघ स्थापना भएको हो।चेम्बरले आफ्नो संरचना महासंघजस्तै रुपान्तरण गरेर समानान्तर सांगठनिक संरचना तयार गरेपछि निजी क्षेत्रका दुई संस्थाबीच द्वन्द्व बढेको थियो।चेम्बरको निर्णयपछि महासंघले पत्र लेखेरै चेम्बरसँग स्पष्टीकरण सोधेको थियो।
महासंघले राष्ट्रिय निर्देशन बोर्ड ऐन २०१८ अनुसार, एउटै प्रकृतिको व्यवसायिक संगठन देशव्यापी भनेर स्वीकार गरेपछि त्यस्तै प्रकृतिको संगठन स्वीकृत नगर्ने प्रावधान विपरित किन रुपान्तरण गरेको भन्दै चेम्बरलार्इ स्पष्टीकरण सोधेको थियो।
स्पष्टीकरणसँगै व्यवसायिक संगठनबीच विवाद सुरु भएको बताइएको छ। दुर्इ वर्षअघि एउटै मञ्चमा बसेर एकल एजेण्डा बनाएका निजी क्षेत्र फेरि विभाजित बनेका छन् ।
यस अघिसम्म महासंघको जिल्ला सदस्य रहेको चेम्बरले अब आफैलाई महासंघको ढाँचा अनुरुप लैजान उद्देश्य सहित महासंघबाट अलग्गिएको हो ।
नेपालको सबैभन्दा पुरानो व्यवसायीक संस्था नेपाल चेम्बरले आफुलाई केन्द्र, प्रदेश तथा स्थानीय तहमा समेत बलियो संरचना विस्तार गर्दै लैजाने जानकारी दिएको छ ।
चेम्बरले जिल्ला जिल्लामा शाखा विस्तारलाई तीब्रता दिएको छ । यस अघि नै ६५ जिल्लामा आफ्नो च्याटर रहेको चेम्बर अफ कमर्शले पछिल्लो समय ५० जिल्ला भन्दा बढि आफ्नो शाखा विस्तार खोलिसकेको छ ।
विस २००७ सालमा स्थापना भएको चेम्बरकै नेतृत्वमा २०२२ सालमा नेपाल उद्योग बाणिज्य महासंघको स्थापना भएको थियो । २०२२ सालमा चेम्बरका तत्कालिन अध्यक्ष लोकनाथ जोशीकै नेतृत्वमा महासंघको स्थापना भएको थियो ।
FACEBOOK COMMENTS