काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई सम्मान गर्दैै अघि बढ्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्शको ६८ औं वार्षीक उत्सबलाई सम्बोधन गर्दै सरकार निजी क्षेत्र विना समृद्धी ल्याउने कल्पना नगरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालले पहिलो पटक संघियताको कार्यन्यन गर्दै गरेकाले काम गर्दा कतै कतै अलमल देखीएको बताएका छन् । उनले केहि नमिलेको कुरा भए मिलाउन समय लग्छ र कतै असजिलो भए कानुन परिवर्तन गर्दै सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।
देश, जनाताको विकासको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । देशको तिब्र विकासको लागि कानुनको परिवर्तन आवश्यक रहेकोले सरकार त्यसमा लागेको बताएका छन् ।
उनले चेम्बरलाई शुभकामना दिदै व्यवसायीलाई कहि कतै काम गर्न अप्ठारो भए कानुनको मस्यौदा ल्याएर आउन आग्रह गर्दै त्यसमा छलफल गर्न सरकार तयार रहेको बताए ।
निजी क्षेत्रमा उत्साह हुनु पर्ने भन्दै कसैको हल्ला नसुनी देश समृद्ध बनाउन हातेमालो गर्न आग्रह गरे । निजी क्षेत्र अल्झन नहुने ओलीको धारणा थियो ।
त्यस्तै प्रधानमन्त्री ओलीले महिला उद्योमीलाई श्रीमान वा बावुको भर पर्नु भन्दा आफ्नै उद्यम गरे महिला शशक्तिकरणमा अभिवृद्धी हुने बताए ।
कार्यक्रमा नेपाल चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारले निजी क्षेत्र संग सहकार्य गरेमा तिब्र विकास हुने बताएका छन् । उनले अहिलेको कर प्रणालीले व्यवसायीलाई निरुत्साहित गरेको बताए ।
व्याजदर परिवर्तन हुँदा लगानीमा प्रतक्ष असर परेको भन्दै श्रेष्ठले यसकुरामा सरकार गभिरहुन आवश्यक रहेको बताए । निजी क्षेत्रका व्यवसयी अझै ठुक्क हुने अवस्था नरहेको बताएका छन् ।
FACEBOOK COMMENTS