काठमाण्डौँ — नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ।
चेम्बरको सोमबार बसेको आकस्मिक बैंठकले उक्त निर्णय लिएको हो।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय भएको बताए।
उनका अनुसार आवश्यक राहत सामाग्री लिएर चेम्बर टोली मंगलबार नै बारा/पर्सा जानेछ।
केन्द्रबाट समेत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा टोली जानेछ।
FACEBOOK COMMENTS