काठमाण्डौं, २२ जेठ -नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उपत्यका स्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीहरु सित भेट गरि लकडाउनलाई खुकुलो पार्न सुझाव दिएका छन् । चेम्वर अध्यक्ष श्रेष्ठले काठमाडाका प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र तत् जिल्लाका सुरक्षा अधिकारीहरुसँग भेट गरेका हुन् । सो भेटमा सुझाव पेश गर्ने क्रममा कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने राय उनले राखे ।
अध्यक्ष श्रेष्ठको उक्त सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएको बताएका छन् । उनीहरुले उक्त सुझावलाई लिएर नया ँमोडालिटिका साथ कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS