काठमाडौं, चैत २३ – चैत महिनामा नेपाल प्रवेश गर्ने सबैको र्यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोरोना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका छन् ।
शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले र्यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोरोना परीक्षण गरिने निर्णय गरेको उनले जनाए ।
कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसरी गरिएको र्यापिड टेस्टबाट पोजेटिभ देखिए पीसीआर प्रविधिबाट पुनः परीक्षण गरिने भएको छ ।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १५२९ जनाको कोभिड–१९ परीक्षण भएको जानकारी दिएको छ । यसमध्ये ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् ।
यस्तै, हाल काठमाडौँमा १२ तथा काठमाडौँबाहिर १०२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS