काठमाडौं, बैशाख ११- प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । पार्टी भित्रको र विपक्षीदलको दबाब थेग्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका हुन्।
अरुका पार्टी फुटाउन भन्दै ल्याएको अध्यादेशले अन्ततः आफ्नै पार्टीको एकता धरापमा पर्न सक्ने त्रास बढेपछि प्रधानमन्त्री केपी ओली अध्यादेश फिर्ता लिन तयार भएको स्रोतले दावी गरेको छ ।
रातारात दुई मधेसवादी पार्टीको एकता र पार्टी भित्र आफू विरुद्ध दबाब बढेपछि आत्तिएका ओली बिहीबार नयाँ निष्कर्षमा पुगेका हुन् । पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगै नेताहरु माधव नेपाल, झलनाथ खनालसहितले अध्यादेश फिर्ता लिन दबाब दिएका थिए ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार प्रचण्ड र प्रधानमन्त्रीवीच अध्यादेशबारे छलफल भएको थियो । आफ्नै दलसमेतलाई थाहै नदिई पार्टी विभाजन गर्ने खुकुलो प्रावधानसहितको दलसम्बन्धि अध्यादेश तथा संवैधानिक परिषदबाट विपक्षीलाई हटाउने संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएपछि पार्टीभित्रै पनि उनको चर्को आलोचना भइरहेको छ ।
पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएपछि तथा आफूले फुटाउन चाहेका दल नै एकीकृत भइदिएकाले प्रधानमन्त्री ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।
रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।
FACEBOOK COMMENTS