काठमाडौं, २९ मंसिर –छाती रोग विशेषज्ञ डा नविन बस्नेतको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज साँझ मृत्यु भएको हो। कोरोना संक्रमणपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएका ६६ वर्षीय डा बस्नेतको उपचारका क्रममा नै अस्पतालमा निधन भएको उनकी श्रीमती डा इन्दिरा बस्नेतले जानकारी दिइन्।
डा नविन बस्नेतलाई तीन साताअघि बाँसबारिस्थति न्युरो अस्पतालमा क्षयरोग (टिबी)को समस्या रहेको पत्ता लागेको थियो। त्यसपछि समस्या बढ्दै गएको उनलाई थप उपचारका लागि मेडिसिटीमा भर्ना गरिएको थियो। उनलाई कोरोना संक्रमणका कारण एक्युट रेस्पिरेटरी डिस्ट्रेसको समस्या देखिएको थियो। सोही कारण उनको मृत्यु भएको बताइएको छ।
डा बस्नेत नेपाल प्रहरी अस्पतालका टिबी विभागका संस्थापक हुन्। डा बस्नेतको श्रीमती र २ छोरा छन्।
FACEBOOK COMMENTS