काठमाडौं, कार्तिक २५ – कोभिड-१९ विरुद्धको एउटा खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको प्रारम्भिक विश्लेषणले देखाएको छ।
पीफिजर र बायोएनटेकले यस खोपको सफलतालाई लिएर विज्ञान र मानवताको युगान्तकारी दिन भएको व्याख्या गरेका छन्। यी दुई कम्पनीले नै खोप तयार पारेका हुन्। ६ मुलुकका ४३ हजार ५ सय मानिसमा यो खोपको परीक्षण गरिएको हो जसले कुनै समस्या देखाएको छैन।
यसै महिनाको अन्त्यसम्म यी कम्पनीले आपतकालीन रूपमा यसलाई प्रयोगमा ल्याउने योजनासहित अनुमतिका लागि निवेदन दिएका छन्। अहिलेसम्म यति प्रभावकारी खोप कसैले पनि ल्याउन सकेको छैन। छोटो समयमा नै यी दुई कम्पनीले कोभिड-१९ विरुद्धको अहिलेसम्मकै प्रभावकारी खोप तयार पारेका हुन्।
प्रभावकारी खोप आएको चर्चासँगै विश्वव्यापी उत्साह देखिएको छ।
              
              
              
              		              
FACEBOOK COMMENTS