काठमाण्डौँ — नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा आयकर विषयमा आन्तरिक राजस्व विभागले छानबिन सुरु गरेको छ।
निगमले इन्धन भण्डारणका लागि चितवन, भैरहवा, सर्लाही र झापामा जग्गा खरिद गरेर रकम भुक्तानी गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आयकर नतिरेको भन्दै महालेखापरीक्षकको कार्यालयले असुल गर्न निर्देशन दिएको थियो।
विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलका अनुसार निगमको जग्गा खरिदमा छली भएको राजस्व असुलउपर गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएकाले अध्ययन भइरहेको छ। ‘
जग्गा खरिदको नेतृत्व गरेका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
राजस्व असुलउपर गर्न महालेखाले निर्देशन दिएकाले विभागले छानबिन अघि बढाएको हो।
— नागरीक
FACEBOOK COMMENTS