काठमाण्डौँ — उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन्।
चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै कारखानाको पुरानो महानिर्देशक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो निर्देशन दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतसँग कारखाना पुनः सञ्चालन गर्ने र यसका लागि प्रदेश सरकारको सचिवालय स्थापना गर्न अर्को व्यवस्था नभएसम्मको लागि आवास क्षेत्र प्रयोग गर्ने सहमति भएको उनले बताए। ‘
उद्योग मन्त्रालयलाई कुनै खबर नै नगरी कारखाना परिसरमा समेत प्रदेश सरकारको कब्जा फैलिएको छ।
— नागरीक
FACEBOOK COMMENTS