काठमाडौं, भदौ २२ – सिरहाका कोरोना संक्रमितको धनुषामा मृत्यु भएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना भएका कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका-५ का ६२ वर्षीय पुरुष रहेका छन् ।
मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उक्त पुरुषलाई चार र पाँच दिनदेखि ज्वरोसहित टाउको दुखाईको समस्याबाट पीडित थिए । पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार सिरहा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए ।
कर्जन्हामा पीसीआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजिटिभ आएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयामा ग्यास लगायत अन्य जेनरल स्टोर्सका सरसामानहरु राखेर व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका थिए । संक्रमित उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS