काठमाडौं, भदौ २७ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा मिति बिहीबार सम्पन्न भएको छ । उक्त सभा संचालक समितिका अध्यक्ष सुजित कुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको हो ।
उक्त सभाले चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, गत आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको गत वर्षको वित्तीय विवरणहरु, र आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।
मर्चेन्ट बैंकरहरुमध्ये आ.व. २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न जनता क्यापिटल सफल भएको छ ।
जनता क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्थाहरु बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।
FACEBOOK COMMENTS