काठमाडौँ, २० माघ – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको जनता समाजवादी पार्टी नेपालले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
जसअनुसार सो पार्टीले आगामी २३ गते देशव्यापी रुपमा जनप्रदर्शन गर्ने, २५ गते प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते मसाल जुलुस गर्ने जनाएको छ ।
जसपाका सूचना तथा सञ्चार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा आदोलनका थप कार्यक्रम गर्न पार्टीका स्थानीयस्तरका संगठनलाई आह्वान गरिएको छ ।
FACEBOOK COMMENTS