काठमाडौँ, असोज १४ – जनरल इन्सुरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज (असोज १४ गते) अन्तिम दिन हो । जनरलले असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो ।
जसमा कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले पाउनेछन । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यद्यपि आइपीओमा यसअघि नै मागभन्दा बढी आवेदन परिसकेको छ । मंगलबार साँझसम्ममा १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार मंगलबार साँझ ५ बजेसम्म ६ लाख ८१ हजार ३७३ जनाले १ करोड ९१ लाख ६१ हजार ९ सय ९० कित्ताको लागि आवेदन दिएका हुन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS