काठमाण्डौं– जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र सिन्धु बिकास बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच मिति आईतबार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
FACEBOOK COMMENTS