काठमाण्डौं– भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।
असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको परिवारले बताएको छ ।
यती एयरको एटीआर ७२—५०० यात्रा गररहेकै पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।
विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक परिवारको दाबी छ ।
FACEBOOK COMMENTS