काठमाडौं, पुस २७ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुयाउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।
कम्पनीले जाजरकोटको नलगाड नगरपालिका, कालीमाटी बजारमा शुक्रवारबाट १०७औं शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ ।
उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिइएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १०९ ओटा शाखा, ९८ ओटा एटिएम र १०७ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब सातलाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS