काठमाडौं, कात्तिक २४ – जानकी मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीले अस्पतालको प्राङ्गणमा विगत ९ दिन देखि आमरण अनसनमा बसेका छन् । धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारीहरुले आईतबार देखि सुरु गरेको आमरण अनसन ९ दिन वित्दा समेत शिक्षण अस्पताल गम्भीर देखिएका छैनन् । अनसनमा बसेकाहरुको स्वास्थ्य अवस्था दिनहुँ विग्रिँदै गएको छ ।
बक्यौता तलब भुक्तानी तथा संचयकोष रकम जम्मा गर्न माग गर्दै एक महिनादेखि चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले माग पुरा नभएको भन्दै अनिश्चितकालीन आमरण अनसन थालेका हुन् ।
तलब, भत्ता र संचय कोष नदिएको भन्दै आन्दोलनरत्त कर्मचारी मध्ये दुई कर्मचारीले थालेको आमरण अनसनमा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले अनुगमन गरी अनसनरकारीलाई माग पुरे भन्दै आश्वासन दिएका छन् ।
अनसनमा बसेका कर्मचारीद्वय जानकी शरण यादव र कुलदिप साहले आमरण अनसन स्थलमा मन्त्री यादव उनीहरुलाई भेटेर उनीहरुको माग प्रति समर्थन जनाएको जनाएका छन् । विगत ६ वर्षदेखि बाँकी रहेको संचय कोष, दशैँ खर्च र नियमित तलब भत्ता नदिएको भन्दै लामो समय देखि शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलित छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा माग सम्बोधन गर्ने भनेर कलेज व्यवस्थापन पक्षले सम्झौता भएपनि कार्यान्वयन नगरेपछि आन्दोलनकारी कर्मचारीहरुले आमरण अनसन गर्नुपरेको संघर्ष समितिका संयोजक उमेश यादवले बताए ।
FACEBOOK COMMENTS