काठमाडौं, जेठ १६ – जापानमा फाइजरको कोरोनाविरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो। फाइजरको खोप यस अगाडि १६ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमा उपयोग हुँदै आएको थियो।
मन्त्रालयले आगामी सोमबार सो समूहका लागि फाइजार खोप निःशुल्क उपलब्ध गराउने निर्णय गर्ने छ। यो खोप उनीहरुलाई उपयोग गर्न उपयुक्त हुन्छ की हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि दुई हजार २६० बालबालिकालाई लगाइएको थियो।
परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरुले खोप १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन्।
FACEBOOK COMMENTS