काठमाण्डौँ – खोटाङ जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ ।
दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पुराएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।
सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ ।
जिल्लावासीले चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर पठाइएका बिरामीलाई अन्यत्र लाने गरेका छन् ।
जिल्लाको पुरानो लामिडाँडा विमानस्थल २०७४ साल वैशाखदेखि उडान तथा अवतरण भएको छैन ।
विसं २०२८ बाट सञ्चालनमा आएको यो धावन मार्गमा कालोपत्रेको काम थालेपछि अवरुद्ध भएको नेपाल नागरिक उड्यायन प्राधिकरणका स्टेशन म्यानेजर रमेश श्रेष्ठले बताए ।
यस्तै वर्ष दिनमा सक्नेगरी काम थालिएकोमा अहिले ग्याबिङ वाल भर्ने, धावन मार्गमा ग्राबेलिङ गर्ने र आसपासमा नाली बनाउने काम भएको छ ।
त्यसैगरी जिल्लावासीको चन्दा सङ्कलनबाट बनाइएको सदरमुकाम दिक्तेलबाट नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल गत जेठबाट अवरुद्ध छ ।
जेठ १ गते दिउँसो परेको भारी वर्षापछि धावनमार्गमाथिबाट बगेको भलबाढीले पहिरो जाँदा विमानस्थल अवरुद्ध भएको हो ।
– कारोबार
FACEBOOK COMMENTS