काठमाडौं, असोज २० – जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नाललाई कोरोना पोजिटिभ देखिएको छ । प्रादेशिक अस्पताल विराटनगरस्थित कोरोना प्रयोगशालामा मंगलबार गरिएको परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको हो ।
उनीसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या एक सय २५ पुगेको छ । त्यसमध्ये ९३ जना पुरुष र ३२ जना महिला रहेका छन् । दश दिनअघि आमाको उपचारमा बिराटनगरस्थित अस्पतालमा पुगेका उनलाई त्यहीँबाट कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ । लामो समयदेखि उनी विराटनगर नै रहेकाले जिल्लामा कन्ट्रयाक ट्रेसिङ्गमा परेको पनि हुनसक्ने बताइएको छ ।
दुई दिनअघि मात्र जिल्लामा फर्किएका उनी आउनसाथ शंका लागेपछि सरकारी निवासमै बस्दै आएका थिए । उनको दुई दिनअघि मात्र जिल्ला स्वास्थ्य कार्यालयले स्वाब संकलन गरेको स्वास्थ्य प्रमुख मोहन सुबेदीले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई उदयपुर कोभिड १९ अस्पताल बेल्टार पठाइएको उनले बताए । त्रियुगा नगरपालिका ३ भुल्केबाट उदयपुरमा सुरु भएको कोरोना भाइरस भुल्केपछि सबैभन्दा बढी बेलका नगर क्षेत्रमा संक्रमित देखिएका छन् ।
FACEBOOK COMMENTS