काठमाडौं, फागुन १० – बीमा समितिले जीवन बीमा कम्पनीहरुलाइ पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएकाे छ । बीमा समितिले आइतबार सर्कुलर जारी गर्दै उक्त निर्देशन दिएको हो ।
समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूलाइ एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । त्यस अनुसार जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।
समितिले पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिइसकेको छ ।
FACEBOOK COMMENTS