काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदन दिन इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । लगानीकर्ताले सि-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत शुक्रबारबाट आइपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको छ । कम्पनीले निष्काशन गरेको आईपीओमा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारी र ९८ हजार ८६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ ।
१८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन दिँदा सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । अहिलेसम्म आईपीओमा माग भन्दा धेरै नै आवेदन परिसकेको छ । त्यसैले लगानीकर्ताले न्यूनतम कित्तामा नै आवेदन ठिक हुने जानकारहरुको भनाई रहेको छ । कम्पनीको आईपीओ आवेदन दिने सबैले पाउने सम्भावना छैन । यसको लागि गोलाप्रथा हुने छ । आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ दिएको छ । सोमबारसम्म १८ लाख ४० हजार ३७ जना आवेदकले २ अर्ब ७८ करोड २६ लाख ३५ हजार रुपैयाँको २ करोड ७८ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन् ।
FACEBOOK COMMENTS