काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारी र ९८ हजार ८६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ । १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन दिँदा सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
लगानिकर्ताले आज (शुुक्रबार) देखि छिटोमा असार १५ गते र त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ दिएको छ ।
FACEBOOK COMMENTS