काठमाडौँ, असोज ३० – नेपालका लागि जेसिबी ब्रान्ड हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भर्र्चुअल प्रविधिमार्फत नयाँ एक्जाभेटर जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ ।
कोभिड–१९ ले निम्त्याएको जोखिमलाई दृष्टिगत गरेर कम्पनीले जेसिबी नेपालको फेसबुक पेजमा लाइभ लञ्च गरेको हो ।
एक्जाभेटर नेपालको कठोर भू–वनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले बताएको छ । यसमा ‘नेक्स्ट लेभल फिचर’ हरू पनि राखिएको छ । जेसिबी एनएक्सटी २२१ एलसी २१ दशमलव ५ टनको शक्तिशाली एक्जाभेटर हो । यसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ ।
पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट जडान गरिएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS