काठमाण्डौं – एमएडब्लु अर्थमुभर्स प्रालिले एक सय २० टनको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।
काभ्रे इँटा व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभाको अवसर पारेर जेसिबीले नयाँ जेएस १२० एस्काभेटर सार्वजनिक गरेको हो।
नेपालका लागि जेसिबी ब्रान्डका हेभी इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालि हो।
जेसिबी जेएस १२० सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट उत्पादनमध्ये एक रहेको कम्पनीले जनाएको छ।
प्रतिघन्टा ८ प्रतिशत कम इन्धन खपत गर्ने यो एस्काभेटरको बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्युबिक मिटरसम्म छ।
यसको अधिकतम इन्जिन पावर ६० किलोवाट रहेको छ।
अत्याधुनिक प्रविधि जडित जेएस१२० पुनेस्थित जेसिबी प्लान्टबाट उत्पादन हुने गर्छ।
— नागरीक
