काठमाडौँ,माघ १७- जोनसन एण्ड जोनसनले बनाएको कोरोनाको भ्याक्सिनले आफ्नो खोपको एक डोजबाट ६६ प्रतिशत प्रभावकारी हुने बताएको छ ।
जोनसनले आफ्नो तेस्रो चरणको ट्रायलको नतिजा सार्बजनिक गर्दै समग्रमा यो भ्याक्सिन एक डोज दिदा ६६ प्रतिशत प्रभावकारी रहेको जानकारी दिएको छ ।
ट्रायलको क्रममा यस खोपले हल्का र गम्भीर विरामीहरुमा गरिएको प्रयोगबाट यस्तो नतिजा आएको उल्लेख गरिएको छ ।
यस खोपको ट्रायलको क्रममा अलग अलग क्षेत्रमा अलग अलग नतिजा आएको जोनसनले बताएको छ । अमेरिकामा यस खोपको नतिजा ७२ प्रतिशत प्रभावकारी देखिएको छ ।
अमेरिकासहित सात देशमा गरिएको ट्रायलमा दक्षिण अफ्रीकामा सबै भन्दा कम ५७ प्रतिशत प्रभावकारी देखिएको छ ।
कम्पनिका वैश्विक अनुसन्धान प्रमुख डा. मिथाई मेमनले कम्पनिले एक डोजमा जाने निर्णय फाइदाजनक रहेको बताएका छन् ।
अहिले विश्वभर कोरोना खोपको अभाव भइरहेका बेला एक डोजको खोप नै उपयुक्त हुने विशेषज्ञहरुले जोड दिएको समयमा जोनसनको खोपको ट्रायल नतिजा उत्साहजनक देखिएको छ ।
यो प्रारम्भिक नतिजा भएको बताइएको छ । ४४ हजार स्वयंसेवकमा गरिएको ट्रायलको अन्तिम नतिजा भने आउन बाँकी रहेको बताइएको छ । दुई डोज दिदा ९५ प्रतिशतसम्म प्रभावकारिता रहेका भ्याक्सिन बनिसकेकोको अवस्थामा यसको प्रयोगका बारेमा भने प्रश्न उठेका छन् ।
जोनसनले पहिलो चरणमा अमेरिकामा इमर्जेन्सी प्रयोगको अनुमति छिट्टै माग्ने बताएको छ । त्यसपछि विदेशमा पनि प्रयोगको अनुमति मागिने जोनसनले बताएको छ ।
FACEBOOK COMMENTS