काठमाडौं, चैत ४ –ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड शुक्रबारसम्म हुने गरी काम अघि बढेको छ । बिक्री प्रबन्ध एनएमबि क्यापिटलका अनुसार अहिले लगानीकर्ताको आवेदन रुजु गर्ने काम भइरहेको छ । रुजुको काम ढिलाइ भए आगामी साताभित्र बाँडफाँड गरिने जनाइएको छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ५९ लाख ४० हजार कित्ताका लागि १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका थिए । यसमा गोलाप्रथामार्फत ५ लाख ९४ हजारले सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपिओ पाउने भएका छन् ।
कुल आवेदकमध्ये ३२.९२५ आवेदकले मात्र सेयर पाउनेछन् भने बाँकी ६७.०८५ आवेदकको हात खाली हुने बिक्री प्रबन्धकले जनाएको छ ।
FACEBOOK COMMENTS