काठमाण्डौँ — नेपाल नेशनल हस्पिटल र ज्योति विकाश बैंकबीच विशेष छुटसम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र ज्योति विकाश बैंकका सहायक महाप्रबन्धक सुशील कुमार शर्माले हस्ताक्षर गरे ।
आइतबार भएको सम्झौता अन्तर्गत आगामी दिनहरुमा बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने छन् ।
ज्योति विकाश बैंकका ग्राहकहरुले नेपाल नेशनल हस्पिटल द्वारा दिईने उपचार तथा अन्य स्वास्थ्य सेवाहरुमा १० देखि १५ प्रतिशत सम्मको छुट प्राप्त गर्नसक्ने छन्।
FACEBOOK COMMENTS