काठमाण्डौं– ज्योति विकास बैंक लि. र ग्राण्डि इन्टरनेसनल हस्पिटल प्रा. लि. बीच सहकार्य सम्झौता भएको छ ।
बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत कोल अम्रित खन्नाले हस्ताक्षर गरे ।
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
FACEBOOK COMMENTS