काठमाण्डौँ — ज्योति विकास बैंक र स्टार हस्पिटलबीच सहकार्य गर्नेबारे सम्झौता भएको छ ।
बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सो सम्झौतामा बैंकका तर्फबाट नायव महाप्रबन्धक शुसिल कुमार शर्मा र अस्पतालका तर्फबाट सि.ओ.ओ. डा. सन्देश जिसीबीच हस्ताक्षर भयो ।
ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाएर र कर्मचारीहरुले बैंकको आइडेन्टीटी कार्ड देखाएर यो सुविधा लिन सक्नेछन् ।
FACEBOOK COMMENTS