काठमाण्डौँ — ज्योति विकास बैंक लि. ले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्धारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरे ।
त्यसैगरी रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।
त्यस्तै निजगढ नगरपालिका वडा नं ९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालद्धारा उद्घाटन गरे ।
त्रियुगा नगरपालिका वडा नं ११, गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फतसेवा उपलव्ध गराउँदै आईरहेको छ ।

यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।