काठमाडौं । मंगलवार शेयर बजार ९ दशमलव ४२ अंक घटेर बन्द भएको छ । यो दिन कारोबारको ५० मिनेटसम्म बढेको बजार त्यसपछि भने निरन्तर घटेर बन्द भएको हो । मंगलवार नेप्से परिसूचक १ हजार ५६८ दशमलव ५९ विन्दुमा अडिएको छ । यो दिन ठुला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ७० अंक घटेर ३११ दशमलव ४१ विन्दुमा झरेको छ ।
घटेको बजारमा ज्योती विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव ८३ प्रतिशतले बढेको छ । यो दिन २९ कम्पनीको शेयरमूल्य बढेकोमा सर्वाधिक मूल्य ज्योती विकास बैंकको बढेको हो ।
FACEBOOK COMMENTS