काठमाडौं, बैशाख १४- नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड – १९ )को संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणमा झापाका एक ५० बर्षीय पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी विज्ञप्तिमा जनाएको छ ।
यो सँगै संक्रमितको संख्या ५२ पुग्यो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म कोरोना संक्रमित मध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् ।
FACEBOOK COMMENTS