काठमाडौँ, कार्तिक १८ – कोभिड–१९ को जोखिम लम्बिएकाले भारतीय स्टील कम्पनी टाटाले आफ्ना कर्मचारीका लागि कामको नयाँ मोडलको सुरुवात गरेको छ । जस अनुसार उनीहरु वर्षभरीनै घरबाटनै काम गर्न पाउने भएका छन् । यो व्यवस्था आइतबारबाट लागू भएको कम्पनीले जनाएको छ । कम्पनी विश्वास र परिणाम आधारित कार्य संस्कृतीतर्फ बढिरहेकाले कम्पनीले आफ्ना कर्मचारीलाई अधिक लचकता दिने जनाएको छ ।
१ नोभेम्बरदेखि लागु भएको यो नयाँ मोडल अनुसार कर्मचारी मात्रै नभई अधिकारीहरुलाई पनि १ वर्षमा असीमित दिनका लागि काम गर्ने सुविधा दिइने भएको छ । तर उनीहरु विशेष स्थानमा उपस्थित हुनु पर्ने कम्पनीले विज्ञप्ति मार्फत् जनाएको छ । कोरोनाभाइरसको महामारी रोकिएपछि मात्रै कम्पनीका अधिकारीहरुको उनीहरुको रोजाइको स्थानमा जान सक्षम बनाईने सार्वजनिक नीतिमा उल्लेख छ ।
यो नीतिलाई १ वर्षसम्म परीक्षण गरिने कम्पनीले उल्लेख गरेको छ । अनुकुलता र प्रतिक्रियाको आधारमा १ वर्षपछि नीतिको समीक्षा गरिने भएको छ । टाटा स्टीलका उपाध्यक्ष (मानव संसाधान विभाग) सुरेश दत्त त्रिपाठाीका अनुसार लचिलो कामले केवल एक संगठनको आउने पुस्ताको अनुकुल कार्यस्थल बनाउने उदेश्य मात्रै चित्रित नगरी भौगोलिक क्षेत्रमा आफ्नो विविध कार्यबलको आवश्यकता पुरा गर्ने इच्छालाई पनि मजबुत पार्छ ।
महामारीले उत्पादकत्वको परम्परागत सोचबाट टाढिन सहयोग गर्ने धारणा उनको छ । यसले कयौ मिथकलाई तोडेको छ । यस्तो अवस्थामा यो नीतिले उत्तम कार्य सन्तुलन निश्चित गर्नेछ ।
FACEBOOK COMMENTS