काठमाडौं, मंसिर २८ – स्न्याप च्याटले हरेक दिन आफ्नो प्रयोगकर्तालाई एक मिलियन अमेरिकी डलर दिने घोषणा गरेको छ । टिकटकलाई चुनौती दिँदै मेसेजिंग एप स्न्याप च्याटले हरेक दिन हिट भएका भिडियोलाई एक मिलियन अमेरिकी डलर दिने घोषणा गरेको हो ।
यो नयाँ फिचरले एल्गोरिदमको माध्यमबाट सबैभन्दा धेरै इन्गेज गरिएको पोष्ट र धेरै हेरिएको पोष्टको आधारमा प्रयोगकर्तालाई रकम दिने बताइएको छ । साथै कम्पनीले ठूला स्टारहरुलाई “प्राइभेट र पर्सनल अकाउन्ट” को छुट्टै विकल्प दिने भएको पनि बताइएको छ ।
कम्पनीले यो वर्षको अन्तिमसम्ममा हेरक दिन हिट भएका भिडियोलाई एक मिलियन डलर दिने बताएको हो । सन् २०२१ सम्ममा यदि यसले सफलता प्राप्त गरेन भने यस सुविधालाई हटाइने पनि कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS