काठमाडौं, चैत ११ –चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा ६२ करोड ६४ लाख बढिको टुथपेस्ट निर्यात भएको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कका अनुसार नेपालबाट समीक्षा अवधिमा ६२ करोड ६४ लाख ५२ हजार रुपैयाँ बराबरको टुथपेस्ट विभिन्न देशहरूमा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ करोड ८५ लाख ४३ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
गत वर्षको तुलना यो वर्ष टुथपेस्ट निर्यात ८.२८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा भने ७४ लाख ४८ लाख ८५ हजार रुपैयाँ बराबरको टुथपेस्ट निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
FACEBOOK COMMENTS