काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) को निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन्।अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट रहेका बास्तोला सोमबार अस्पतालको निर्देशकमा नियुक्त भएका हुन्। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले उमेर हदका कारण हालैमात्र अवकाश पाएका थिए।