काठमाडौं, चैत १० –काठमाडौँको टोखास्थित निर्माणाधीन घरको ट्याङ्कीभित्र एक पुरुषको शव फेला परेको छ । टोखा भत्केको पुलसँगै पुष्पराज गुरुङको निर्माणाधीन घरको ट्याङ्कीमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । समाचार तयार पार्दा रिजर्भ ट्याङ्कीबाट शव निकाल्ने प्रयास भइरहेको छ ।
प्यूठान घर भएका एकजना मजदुर एक महिनाअघि हराएका थिए । शवको पहिचान भैसकेको छैन । गुरुङको घर निर्माणको काम गरिरहेका मजदुर हराएको उनका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।
FACEBOOK COMMENTS