एजेन्सी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ लाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको र चीनले मात्र ४ करोड डलर दिने गरेको ट्रम्पले बताएका थिए ।
अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओलाई यति हुँदाहुँदै पनि चीनको पक्षमा काम गरेको आरोप लगाउँदै कोरोनाभाइरस संक्रमण रोक्नका लागि संगठनको भूमिका ठिक नभएको पनि बताएका थिए । अब यसबारे डब्ल्यूएचओको पनि प्रतिक्रिया आएको छ । संगठनले ट्रम्पको निर्णयप्रति खेद जताएको छ ।
कोरोनाभाइरसः ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोके
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडनम गिब्रिएससले भने, ‘ अमेरिका लामो समयदेखि डब्ल्यूएचओको साथी रहँदै आएको छ र उसले आर्थिक रुपमा मद्दत पनि गरिरहेको छ ।’
उनले थपे, ‘हामी अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएको रकम रोक्न दिइएको आदेशप्रति खेद प्रकट गर्दछौं ।’
‘अमेरिकाले रकम बन्द गरेपछि पर्ने प्रभावबारे डब्ल्यूएचओले समीक्षा गरिरहेको छ । हामी आफ्ना पार्टनरसँग आर्थिक संकटको विषयमा छलफल गर्नेछौं ताकि कुनै प्रकारको समस्या नआओस् ।’ उनले भने, ‘कुनै पनि हालतमा काम नरोकियोस् भन्ने कुराको हामी सुनिश्चित गर्न चाहन्छौं ।’
FACEBOOK COMMENTS