अन्जनराज न्यौपाने
तनहुँ, ७ श्रावण – जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले गत आर्थिक बर्षमा विभिन्न सवारीसाधन कार्वाहीमा -१ करोड ३४लाख -५१ हजार राजश्व संकलन गरेको जनाएको छ।
कार्वाही पर्ने सवारीसाधनहरुमा मोटरसाइकल, कार, जिप, बस र ट्याक्टर बढी रहेका छन्।यस अवधीमा २१ हजार १सय५० वटा विभिन्न सवारीसाधनहरु कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए।
मादक पदार्थ सेवन गरि चलाईएका ७सय४१ सवारीसाधन एवम चालक कारवाहीमा परेका छन भने उक्त कार्वाहीबाट ७लाख४१ हजार१सय२९ रुपैयाँ जम्मा भएको छ। सवारी नियम विपरीत चलाउने सवारीसाधनहरुबाट ५हजार २सय६१ टिप्पर र ट्रक कार्वाहीमा परेका छन् भने ट्राफिक नियम उलंघन गरेवापत् ३१लाख ११हजार १ सय५४ रुपैयाँ उठेको छ।
४ हजार ४ सय११वटा जिप,बस कार्वाहीमा परेका छन भने २६ लाख२ ७ हजार जरिवाना उठेको छ । त्यसैगरि lमोटरसाइकल मोडिफाई गर्ने ४ हजार २ सय८८ सवारी साधन कार्वाहीमा परेका छन् । जसबाट ५लाख८९ हजार५ सय राजश्व संकलन भएको हो।
ट्याक्टर,उईगंर ,ट्याक्सी ,म्याजिक जस्ता८ सय८ सवारीसाधनहरुले सवारी नियमको उलंघन गरि ईज्जत् पत्रबेगर सवार रहेका सवारीसाधनहरुबाट ५ लाख ८५ हजारराजश्व संकलन गरिएको छ।
लाईसन,विलबुक नभै सवार गरेका ६ हजार ३ सय विभिन्न सिसिका मोटरसाइकलहरुबाट ५२ हजार ६४ सय राजश्व संकलन भएको छ।अन्य ३० वटा विभिन्न सवारीसाधनहरुवाट २१ हजार राजश्व संकलन भएको छ।
गत आर्थिक बर्षको अबधि भरमा २१ हजार १ सय५० वटा सवारीसाधन कार्वाहीमा परेका छन्। गत बर्षमा जिल्लाका विभिन्न स्थानहरूमा साना ठुला गरि ६४ वटा दुर्घटना भएका छन् भने विभिन्न स्थानमा दुर्घटनामा परि ४४जनाको मृत्यु भएको छ।जस् मध्ये गम्भीर घाइते -६७जना र साधारण घाइते -८९जना रहेका थिए।
लक डाउन अबधिभर १ लाख ६८हजार ५ सय राजश्व संकलन भएको छ भने १३ हजार २ सय वटा सवारीसाधन कार्वाहीमा परेका छन् । लकडाउन अवधीमा ६ जनाले ज्यान गुमाएका छन् भने गम्भीर घाइते ३२ जना रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिए।
FACEBOOK COMMENTS