अन्जनराज न्यौपाने
तनहुँ, १५ माघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले ट्राफिक नियम उलंघन गर्ने सवारी साधनहरुलाई धमाधम कार्बाही गर्न थालेको छ। क्षमता भन्दा बढि सिट राखि सवारी चलाउने सवारीसाधन र चालकलाई थप सिट राखेको भन्दै धमाधम अवैधानिक रुपमा रहेका सिट निकाल्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले बताए । सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटना बढेको गुनासो आएसँगै जिल्ला ट्राफिक कार्यालय तनहुँले धमाधम थप सिट निकाल्न थालेको हो।
पटक पटक कार्वाहीमा परेका म्याजिक भ्यान, बोलेरो जिप ,महेन्द्र जिप,पिकपे सहित बसहरुमा समेत थप सिट हालेकाहरुलाई ब्यवहारिकता हेरी जरिवाना गरिछाडेको र कतिपय सवारीसाधनहरुलाई क्षेत्रिय यातायात कार्यालय पठाईएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । ‘क्षमताभन्दा बढी यात्रु राख्दा अनियन्त्रित भएर दुर्घटना हुने गरेकाले थप सिट निकाल्न थालेका हौ’ उनले भने। ट्राफिक कार्यालयमा दुई दिनको अवधिमा ३१ वटा माइक्रो बसबाट थप सिट निकालिको छ भने प्रहरी प्रमुख अधिकारीका अनुसार ,माइक्रो बस, म्याजिक, लगायतका सवारीसाधनबाट ७९ वटा मुडा बरामद गरिए लगत्तै सवारीसाधनमा चालकहरुले धमाधम आफुले राखेको सिट आफै निकाल्न थालेका छन्।
‘सवारीसाधनमा चेकजाँच नियमित रुपबाट गरिने छ । हामी जो कसैलाई पनि छाड्दैनौ । विहान ६ बजे देखि बेलुका ९ वजे सम्म हामी सडकमै हुन्छौं, हाम्रो सक्रियताका कारण लागूऔंषध ओसारपसार गर्ने गरिरोह संख्या घटेको’ उनले भने । ‘सवारीसाधन चेकजाँच हामीले जिल्लाका ९ स्थानहरूमा नियमित गर्दा सवारी दुर्घटनामा कमी आएको छु उनले भने निरन्तर सवारी चेकजाँच भइरहनेछ,’ उनले थपे । ट्राफिक प्रहरीले प्रत्येक सवारीसाधन चेकजाँच गरी थप सिट र मुडा निकालिएपछि दुर्घटनामा न्यूनीकरण भएको छ।सवारीसाधन अनुमतिपत्र विना नै सवारीसाधन चलाउने , लाईसेन्स ,बिलबुक र ईजाजत पत्र नभएको रुटमा सवारी चलाउने, क्षमता भन्दा बढि यात्रु बोक्ने, मोटरसाइकल मोडिफाई गरि सवारी चलाउने सवारी चालकहरूलाई जरिवाना स्वरूप एक हजार ५०० रुपैयाँ रसिद काटिने गरिएको छ। ट्राफिक नियम उल्लंघन गरेवापत बढीमा १ हजार ५०० रुपैयाँसम्म लिन पाउने प्रावधान छ।
दुई दिनमा विभिन्न सवारीसाधनलाई कारवाही गरी ५८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ। जिल्ला ट्राफिक कार्यालय तनहुँले थप सिट तथा मुडा राखेर क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही गरी सो रकम संकलन भएको छ।
माइक्रो बस, म्याजिक, उइन्गर लगायतका ६१ वटा मुडा र २१ वटा थप सिट राख्ने सवारीसाधनबाट उक्त राजश्व संकलन भएको छ भने ६१ सवारीसाधनवटा रु ४० हजार र २१ वटा सवारीसाधनबाट १८ हजार ५ सय रुपैयाँ संकलन भएको छ।
यस आर्थिक वर्षमा २०७६ र ७७को ६ महिनामा २८ जनाले ज्यान गुमाएका छन्। कार्यालयका अनुसार साउनमा ७ जना, भदौमा ९, असोजमा ९ जना, कात्तिकमा ६ जना ,मंसिरमा १ र पुषमा ११ सवारी दुर्घटना भएका छन्। जिल्लाका विभिन्न स्थानमा ४३ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले बताए ।
FACEBOOK COMMENTS