अन्जनराज न्यौपाने,
तनहुँ, २४ भाद्र -तनहुँ उद्योग बाणिज्य संघ र दमौली बजार इकाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई संयुक्त रुपमा ट्राफिक सचेतना सामाग्री हस्तान्तरण गरेका छन्। बुधबार एक कार्यक्रमको आयोजना गरि संघ र ईकाईले सवारी चालक र यात्रुहरुकालागि सचेतना जगाउने उदेश्यले ६ वटा सचेतना मुलक ट्राफिक चिन्न अंकित बोडहरु हस्तान्तरण गरेको हुन । जन स्तरमा सचेतना जगाउने उदेश्यले हस्तान्तरण गरिएका ६ बोडहरुमा यात्रा गर्दा सावधान रहौं, सवारीसाधन स्पिड नचलाऔ ,तिब्रगतिमा सवारीसाधन नचलाऔ , ओभरट्याक नगरौं ,सवारी गर्दा हर्न नबजाऔ भन्ने बिषय उल्लेख गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले ट्राफिक सचेतनामुलक सवारी र यात्रु सावधानी बोड सौजन्यगरि आम नागरिकहरुको जिउ,धनको सुरक्षालाई संघ र ईकाईले प्राथमिकता दिएको खुशी व्यक्त गरे ।साथै उनले सवारी दुर्घटना न्युनिकरणकालागि र विभिन्न जघन्य अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिन सफल हुन सिसि क्यामेरा अतिनै प्रभावकारी भएको बताए ।
तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले सिस्टममा नजादा सवारीसाधन दुर्घटना हुन गएको र अपराधीलाई नियन्त्रणमा लिएर निर्दोषलाई छाडिदिन जरुरी रहेको बताए । उनले पृथ्वीराजमार्ग स्थित विभिन्न जोखिम युक्त स्थानहरूमा सवारीसाधन र यात्रुहरुको सुरक्षाका लागि राखिएका क्नवेक्स मिररहरु फुटाईएकोमा दुख ब्याक्त गर्दै क्नवेक्स मिरर फुटाउने गिरोहहरुलाई पहिचान गरि कार्वाही गर्न माग समेत गरे।
उक्त बोड हस्तान्तरण कार्यक्रमका क्रममा बोल्दै तनहुँ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले सवारीसाधन चालकलाई सावधानी पुर्वक यात्रा गर्ने गराउने उदेश्यका साथ ट्राफिक बोड हस्तान्तरण गरिएको बताए । साथै, नियमको पालना नगर्ने जोकोहीलाई पनि कार्वाही गर्नुपर्नेमा उनले जोड दिए।
तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकुले जिल्लाका विभिन्न स्थानहरूमा हुन सक्ने दुर्घटनाहरुहरुको न्युनिकरणमा ट्राफिक नियम सम्वन्धी होडिङ बोडले थप मद्दत पुर्याउनेमा आफू विश्वस्त रहेको बताए ।
FACEBOOK COMMENTS