काठमाडौं-वाणिज्य विभागले टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले सोमबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढीमा सामान बिक्री गरेको पाईएपछि विभागले जरिवाना गरेको हो । उपभोक्तालाई बढी मूल्यमा सामान बिक्री गरेको गुनासो आएपछि सोमबार विभागले सुपर मार्केटमा अनुगमन गरेको थियो । कैफियत फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तिराइएको विभागका अनुगमन निर्देशक सागर मिश्रले जानकारी दिए । यस्तै छलछाम र ठगीका घटनामा भाटभटेनी पटक पटक जोडिदै विवादमा अाउने गरेको छ । करिब दुई साता अघि मात्रै पनि लकडाउनको समयमा सामाजिक दुरीको नियम पालना नगरेको भन्दै अनामनगर स्थित भाटभटेनी स्टोर बन्द गर्न वडा कार्यालयले निर्देश गरेको थियो ।
FACEBOOK COMMENTS