मदन तिमल्सेना
तनहुँ , भाद्र २० -सवारीसाधन चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरी कार्यालय तनहुँले पृथ्वी राजमार्गको व्यास १२ स्थित घाँसीकुवामा १५० सिसिको पल्सर मोटरसाइकल समातेको छ । जुन मोटरसाइकल साउनको ४ गते भक्तपुर मध्यपुर ठिमी ९ बोडेको घरबाटै हराएको मोटरसाइकल धनी सुधिर थापाले जानकारी दिए ।उक्त मोटरसाईकल प्रदेश २-०३-०१२ प ४१६१ नम्बरको मोटरसाईकलाई अर्को नयाँ नम्बर प्रदेश २-०३००६ प ९६ नम्बर बनाएर चलाई राखेको अवस्थामा तनहुँमा समातिएको हो ।
ट्राफिक प्रहरीले समातेपछि मोटरसाइकल चालकले लाइसेन्स , बिलबुक ल्याउछु भनेर गएका थिए । उक्त मोटरसाइकल कहाँबाट विक्रि भएको पत्ता लगाउन बजाज शोरुमका प्रोपाइटर टिका गिरिले ट्राफिकलाई सहयोग गरेका थिए । प्रहरी नायब निरिक्षक रेशम बहादुर रानाभाटले चोरिको मोटरसाइकलहरु तनहुँको देवघाट र पाल्पाको रामपुर , नहलपुरको डेडगाउको बाटो हुदै आउने गरेको जानकारी प्राप्त भएको बताए । साथै सवारी चेकजाँचका क्रममा भेटिएको उक्त पल्सर मोटरसाइकल धनिलाई बुझाइएको छ ।
FACEBOOK COMMENTS