काठमाडौं । केही दिन यता अमेरिका जान डिभी भर्ने युवाको ठुलो संख्याले राहदानी विभागमा भिड बढ्दै गएको छ । तर आईतबार भने यो संख्यामा वृद्धि हुँदै लैनचौरसम्म लाम पुग्न गएको छ ।
पछिल्लो समय अमेरिकाको डिभि, ईजरायल रोजगारी र ब्रिटिस आर्मीमा नेपालीको माग बढ्नुले यो भिड लागेको हो ।
लाईन लाग्ने अधिकाशं डिभी भर्नका लागि पासपोर्ट अनिवार्य भएकोले राती नै उठेर लाईनका लाग्न आएको बताउँछन् ।
यसअघि विभागमा दैनिक १५ सयको पासपोर्ट बनाउँन आवेदन पर्ने गरेकोमा आजभोली संख्या बढ्दै दैनिक ५ हजार बढीको आवेदन पर्ने गरेको विभागले बताएको छ ।
डिभी चिठ्ठा खुलेपछि केहि वर्षयता पासपोर्ट विभाग भीड लाग्ने गरेको छ । गत वर्षबाट अमेरिकाले डिभी भर्न अनिवार्य पासपोर्ट नम्बरको व्यवस्था गरेपछि यो भिड अझै बढेको हो । विभागमै नियमित वैदेशिक रोजगारीमा जानेहरु समेत घण्टौं लाईन बसिरहेका छन् ।
विभागले आगामी केही दिनमै ईलेक्ट्रिोनिक पासपोर्ट जारी गर्ने तयारी गरेको र यो भिडभाड घट्ने विभागका निर्देशक सागर फुयाँल बताउनुहुन्छ ।
सरकारले देशमै रोजगारी सिर्जना गरी उत्पादन बढाउने प्रतिवद्धता व्यक्त गरिरहँदा पासपोर्टका लागि लागेको लाईन आफैंमा विडम्बनापूर्ण छ ।
FACEBOOK COMMENTS