काठमाण्डौँ — ठूला यातायात व्यवसायी संघअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् ।
सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिन्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा पञ्जीकरण नभएका हुन ।
एक वर्षमा झन्डै १० हजार गाडीमात्रै यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले झन्डै ३ हजार ५ सय कम्पनीमार्फत यी सवारी दर्ता भएका जानकारी दिए ।
दर्ता हुनेमा पुराना र ठूला यातायात सेवा प्रदायकभन्दा नयाँ धेरै छन् ।
देशभर सञ्चालनमा रहेका सवारीका आधारमा यो ज्यादै कम भएको उनले बताए ।
सरकारले गत वर्ष सिन्डिकेट लगाउँदै आएका देशभरका यातायात व्यवसायी संघ र महासंघ खारेज गर्ने निर्णय गरेको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS