काठमाडौं – चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स आप्रवाह ३४.४ प्रतिशत बढेको छ ।
गत भदौसम्म १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.७ प्रतिशतले मात्र बढेको थियो ।
अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा डलरमा हुने रेमिट्यान्स आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३४.१ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS