काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।
उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको प्रहरी वृत्त नयाँबानेश्वरले जानकारी दिएको छ । आत्महत्याको कारण नखुलेको भए पनि डिप्रेशनका कारण घटान भएको प्रहरीको अनुमान छ ।
कुँवर विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा समेत प्रकट हुने गरेकी थिइन् ।
घटनाबारे अनुसन्धान गर्न थापाउँस्थित घटनास्थल पुगेको प्रहरीले जेनीको ‘सुसाइड नोट’ फेला पारेको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।
कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।
FACEBOOK COMMENTS